चितवन विशेष

विपीको छत्रछायाँमा हुर्किएका प्रधानले प्रदेशको समानुपातिकतर्फ आवेदन दिए

Banner

चितवन, भदौ १५–

पार्टीभित्रको बेतिथि बारे खरो रुपमा उत्रिने काँग्रेसका युवा नेता सुबोध प्रधानले प्रदेश सभा सदस्यमा इच्छा राखेका छन् ।

बाग्मती प्रदेश सभा सदस्यका लागी चितवन क्षेत्र नम्बर २ (क) बाट समानुपातिक तर्फ प्रधानले आवेदन दिएका छन् । पार्टीलाई विकास र रचनात्मक बाटोमा अघि बढाउन आवाज उठाउन प्रदेश सदस्यका लागि तयारी गरेको प्रधानले बताए । सोही अनुरुप उनले बुधबार पार्टीको क्षेत्रीय समितिमा आवेदन दिएका हुन् ।

वि.सं. २०७० सालमा तत्कालिन कांग्रेस सभापति शुशील कोइराला चितवनबाट निर्वाचन लड्दा प्रधान अग्रमोर्चामा खटिएका थिए । सानै उमेरदेखि उनी पार्टीको गतिविधिमा सक्रिय छन् । बुबा श्यामकृष्ण प्रधानको प्रेरणाबाट राजनीतिमा लागेका उनी पार्टीका विकृति र विसंगतीकाविरुद्ध आवाज उठाउँदै आएका छन् । उनका बुबा श्यामकृष्ण र विपी कोईराला घनिष्ठ साथी हुन् । प्रधानकै घरबाट कोइरालाले राजनैतिक रणनीति तयार गर्थे ।

त्यसैबेलादेखी उनमा विपीको प्रभाव परेको थियो । सानै उमेरमा राजनीतिमा चासो राखेका प्रधान पार्टीलाई जनतामुखी बनाउने अभियानमा छन् । उनलाई पार्टीमा स्पष्ट र खरोबक्ताका रुपमा चिन्छन् । उनी काँग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् । त्यस्तै उनी नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>