चितवन विशेष

चितवन २ बाट उम्मेदवार बन्न काँग्रेसका युवा नेता राजन कार्कीले दिए आवेदन

Banner

चितवन,भदौ १५-

चितवन क्षेत्र नम्वर २ बाट संघिय निर्वाचनमा प्रत्येक्षतर्फ काँग्रेसका युवा नेता राजन कार्कीले आवेदन दिएका छन् । उनले आज (बुधबार) दिउँसो उम्मेदवार बन्नका लागि आवेदन दिएका हुन् । उनि पूर्व जिल्ला सहसचिव र महासमित सदस्य भएर काम गरिसकेका छन् । युवाहरुमाझ लोकप्रिय कार्कीले जनताले युवाहरुको नेतृत्व चाहेकाले आफुले उम्मेदवारका लागि आवेदन दिएको बताए ।

चितवन २ मा प्रत्यक्षतर्फ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, कैलाश कोइराला,प्रकाश अधिकारी, राजन ताम्राकार,इन्दिरा कुमारी सडौला र भरत सापकोटाले पनि आवेदन दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>