चितवन विशेष

चितवन-२ बाट उम्मेदवार बन्न काँग्रेस जिल्ला सभापति खनालले दिए आवेदन

Banner

चितवन,भदौ १५-

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारका लागि आवेदन दिएका छन् । उनले आज (बुधबार) दिउँसो उम्मेदवार बन्न आवेदन दिएका हुन् । खनाल भरतपुर महानगरपालिका १० निवासी हुन् ।

२०७४ सालको निर्वाचनमा पनि उनको नाम पहिलो नम्वरमा सिफारिस भएको थियो । खनाल चितवन २ मा काँग्रेसको बलियो उम्मेदवार रहेको काँग्रेस नेता कार्यकर्ताहरुले बताउने गरेका छन् ।

चितवन २ मा प्रत्यक्षतर्फ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, युवा नेता राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकारले पनि आवेदन दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>