Breaking News

मन्त्री उमेश श्रेष्ठले चितवन-२ बाट चुनाव लड्न पार्टीमा आवेदन दिए

Banner

चितवन,भदौ १५-

राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा आज (वुधबार) दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् । क्षेत्र नं.२ आफ्नो लागि अनुकुल हुन नसक्ने बुझेका राज्यमन्त्री श्रेष्ठले क्षेत्र नं. १ मा आवेदन दर्ता गराउन पुगेका थिए ।

जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक ब्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन एक सर्कुलर जारी गरेका थिए । तर, श्रेष्ठले विधान विपरीत चितवन-२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>