Breaking News
राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा
०

काठमाडौं,भदौ १५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपतिसँगको भेटका लागि प्रचण्ड अहिले शितलनिवास जाँदै गरेको उनको सचिवालयले पुष्टि गरेको छ। प्रचण्डसँगै माओवादीका केही शीर्ष नेता पनि छलफलमा सहभागी हुने बताइएको छ।
केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन्। आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले बेवास्ता गरेपछि राष्ट्रपति भण्डारीले कानुनविज्ञ, नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतसँग छलफल गरिरहेकी छिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























