चितवन विशेष

चितवन क्षेत्र नं.२ मा उम्मेदवार बन्न जीतनारायण श्रेष्ठले गराए नाम दर्ता

Banner

चितवन, भदौ १५–

नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले आसन्न संघीय निर्वाचनमा चितवन क्षेत्र नं.२ मा उम्मेद्वारी दिन कांग्रेस क्षेत्रीय समितिमा नाम दर्ता गराएका छन् ।

आज (बुधबार) विहान श्रेष्ठले कांग्रेस क्षेत्र नं.२ का सभापति भरतप्रसाद लामिछानेलाई नाम दर्ताका लागि निवेदन दिएका हुन् ।

श्रेष्ठले यसअघि नै क्षेत्र नं.२ बाट निर्वाचन लड्ने घोषणा गरेका थिए । क्षेत्र नं.२ को उम्मेद्वार बन्नका लागि आज अपरान्ह सम्म नाम दर्ताको समय तोकिएको छ । यसअघि मंगलबार क्षेत्र नं.१ मा उम्मेद्वार बन्नका लागि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल र पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्लेसहितले नाम दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>