चितवन विशेष

चितवनको ‘मेघौली सराई’ रिसोर्ट एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित

Banner

चितवन,भदौ १४-

चौधरी ग्रुप अन्तर्गत सीजी हस्पिटालिटीले सञ्चालन गरेको चितवनको मेघौलीस्थित लक्जरी जंगल सफारी रिसोर्ट ’मेघौली सराई’ एकैपटक दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनयनमा परेको छ । आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित मानिने ‘डेस्टिनेसन डिलक्स अवार्ड’ र ‘साउथ एसियन ट्राभल अवार्ड’मा मनोनित भएको हो ।

डेस्टिनेसन डिलक्स अवार्ड अन्तर्गत मेघौली सराई ‘वेस्ट इको होटल अफ दि एयर २०२२’का लागि छनौटमा परेको छ । यस अवार्ड जित्नका लागि मेघौली सराईले ओमानको अलिला जबल अख्दार, माल्दिभ्सको अमिल्ला माल्दिभ्स रिसोर्ट एन्ड रेसिडेन्सेस, इन्डोनेसियाको बुअहन्–अ बनियान ट्री एस्केप एट बालि, मेक्सिकोको चब्ले युकतान, क्यालिफोर्नियाको निउ ट्री रन्च लगायतसँग प्रतिस्पर्धा गर्नेछ ।

मेघौली सराईसहित यि सबै विश्वका उच्च गुणस्तरीय पर्यटकको रोजाईमा रहेका रिसोर्ट हुन् । डेस्टिनेसन डिलक्स अवार्डले लक्जरी रिसोर्टहरू जसले स्पा, स्किन केयर, एवं नेचुरल ट्रिटमेन्टमा उल्लेखनीय योगदान पुर्‍याउनेहरुलाई यस्तो अवार्डवाट सम्मान गर्दै आएको छ ।

त्यसैगरि साउथ एसिया ट्राभल अवार्ड अन्तर्गत मेघौली सराई ‘लिडिङ वाईल्डलाईफ लज’ र ‘रिभर फ्रन्ट होटल–रिसोर्ट अवार्ड’मा मेघौली सराई मनोनयनमा परेको हो ।

विश्वभरका लक्जरी पर्यटकीय गन्तव्यका रुपमा यस रिसोर्टले अन्तर्राष्टियस्तरमा नेपाललाई चिनाउदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको सामिप्यमा राप्ती नदीको वहावको अनुभव गर्न सकिने यो रिसोर्ट विश्वभरका जंगल सफारीमा रमाउने पर्यटकवीच निकै लोकप्रिय रहेको छ । यी दुबै श्रेणीहरूमा पनि मेघौली सराईले विश्वका उत्कृष्ट लक्जरी रिसोर्टहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

कोभिडले थला परेको विश्व पर्यटन बजार सामान्यिकरणतर्फ उन्मुख बनिरहदा नेपालस्थित आफ्नो वल्र्डक्लास रिसोर्ट प्रतिष्ठित अवार्डहरुमा मनोनयनको खबरले सीजी हस्पिटालिटीका मुख्य कार्यकारी अधिकृत राहुल चौधरी उत्साहित छन् । ‘कोभिडपछि खुल्न थालेको बिश्व पर्यटन बजारमा यी प्रतिष्ठित अवार्डका लागि मनोनयन हुनु मेघौली सराई ग्रीन लक्जरी रिसोर्ट्स विधामा मार्केट लिडर रहेको प्रमाण हो,’ चौधरीले भने ।

सिजि हस्पिटालिटीको एउटा महत्वपूर्ण प्रोपर्टीकारूपमा रहेको मेघौली सराई राप्ती नदीको किनारमा अवस्थित एक लक्जरीयस जंगल सफारी लज हो । यस रिसोर्टबाट चितवन राष्ट्रिय निकुञ्जका दृष्यहरु निर्वाध अवलोकन गर्न सकिन्छ । निजि स्विमिङ पुल रहेका यस रिसोर्टका सबै भिल्लाहरुबाट गैंडा, हात्ती, गोही र बाघ लगायतका वन्यजन्तुहरू दृष्यावलोकन गर्न पाइन्छ । सीजी हस्पिटालिटीले १२ देशका ९१ वटा स्थानमा १४१ भन्दाबढी होटल र रिसोर्टहरू संचालन गरिरहेको छ जसमा ८,३९९ भन्दा बढी कोठाहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>