चितवन विशेष
चितवनकी लक्ष्मी बनिन् ‘द नेसनल डिजाइनर रनवे २०२२’ फर्स्ट रनरअप

चितवन, भदौ १५–
मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगिता ‘द नेसनल डिजाइनर रनवे २०२२’ को उपाधि सामुयल अकोन्थासले जित्दा चितवनकी लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फर्स्ट रनरअपको उपाधि जितेका छन् ।
फर्स्ट रनरअपको उपाधि जितेसंगै उनीहरु संयुक्त रुपमा नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै ब्ल्याक फिन्सले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । उपाधि जितेका अकोन्थासले नगद ५० हजार रुपैयाँ प्राप्त गरे भने सेकेण्ड रनरअप बनेका फिन्सले नगद २० हजार रुपैयाँ प्राप्त गरे । ‘द नेसनल डिजाइनर रनवे २०२२’को विजेता छनोटअघि विजेतासहित अन्य फेसन डिजाइनरहरूबाट तयार पारिएका पहिरन ६० जना मोडलहरूले कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा र्याम्पमा प्रदर्शन गरेका थिए।
प्रतियोगिताको निर्णायकमा सविन ढुंगाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए। मोडल सङ्स नेपालका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् ।




























