चितवन विशेष

इक्यान चितवनले मनायो २३औं स्थापना दिवस

Banner

चितवन, भदौ १३–

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले २३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । सोमबार विहान इक्यानले नयाँ सदस्यता प्राप्त गरेकाहरुलाई स्वागत तथा शुभकामना आदान–प्रदान गर्दै स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नयाँ सदस्य संस्थाहरुलाई सदस्य पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, विशिष्ट अतिथि एनपीआई कलेजका कार्यकारी प्रमुख शिव सुवेदी, इक्यान चितवनका संस्थापक अध्यक्ष सोम सुवेदी र इक्यान चितवनका अध्यक्ष समुन्द्र अर्यालले नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ शैक्षिक परामर्श व्यवसायीहरुप्रतिको गलत भ्रम चिर्नु जरुरी रहेको बताए । एक जना परामर्श व्यवसायीको कलत कदमले पुरै क्षेत्र नै बदमनाम हुने भन्दै आधिकारिक र प्रमाणित कामहरु मात्रै गर्न आग्रह गरे । व्यवसायलाई व्यवस्थित गन व्यवसायीहरु नै लाग्नु जरुरी रहेको भन्दै क्षणिक फाइदाका लागि कसैले पनि काम गर्न नहुने बताए ।

सो क्रममा बोल्दै इक्यानका अध्यक्ष अर्यालले विद्यार्थीहरुलाई नेपालबाट विदेश मात्रै पठाउने नभई विदेशबाट समेत विद्यार्थी नेपाल ल्याउने तयारी भइरहेको बताए । विभिन्न प्रक्रियाले विद्यार्थीहरुलाई नेपाल ल्याउनमा केही ढिलाई भएपनि छिट्टै अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउने बताए । ‘अब छिट्टै इस्टडी इन नेपाल भनेर विदेशमा प्रचार भएको देख्न पाउने दिन आउँदैछ, इक्यान त्यसका लागि तयारी गरिरहेको छ’–अध्यक्ष अर्यालले भने ।

कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य सुवास गौतम, पूर्व केन्द्रीय सदस्य यज्ञविलास (वाइबी) पौडेल, नेपाल पत्रकार महासंघ चितवन सचिव दीपेन्द्र अधिकारी, प्रेस सेन्टर चितवनका कोषाध्यक्ष किशोर सापकोटालगायतको उपस्थिति रहेको थियो ।

यसैबीच इक्यानले देवघाटमा अवस्थित एनआरएनएद्धारा संचालित वृद्धाश्रममा स्थापना दिवसकै अवसरमा खाद्यान्न सामग्री समेत सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>