चितवन विशेष

चितवनको प्रेसिडेन्सी कलेजले पायो उत्कृष्ट बिजनेश स्कुलको उपाधि

Banner

चितवन, भदौ १३-

चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कुलको उपाधि पाएको छ।

न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेश स्कुलको उपाधि हासिल गरेको हो।

उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कुलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेजले विगत १९ वर्षदेखि कक्षा ११ र १२, बि।बि।ए।र एम।बि।ए।को अध्यापन गराउँदै आएको छ। कलेजले बंगलादेश, श्रीलंका, ताइवानका कलेज तथा विश्वविद्यालयसँग एमओयुमा हस्ताक्षर पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>