चितवन विशेष

मिलिनियम मोडल कलेजमा ‘एमएमसी फिएस्टा २०७९’

Banner

चितवन, भदौ ११–

मिलिनियम मोडल कलेजमा ‘एमएमसी फिएस्टा २०७९’ भव्यताका साथ सम्पन्न भएको छ । बीबीएस÷बीएसडब्लु अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल इश्वर पण्डित प्रमुख अतिथि रहेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि पण्डितले आगामी दिनमा पनि कलेजले यस किसिमका कार्यक्रम तथा अन्य बृहत् खेलकुदका कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त थिए । सोही कार्यक्रम मार्फत छात्रा तथा अन्य कर्मचारीहरुको बिचमा हरितालिका तीजको शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न आधुनिक नृत्य, लाइभ कन्सर्ट तथा तीज गीत र नृत्य, नाटक प्रस्तुत गरिएको थियो । मिलिनियम मोडल कलेजले हरेक वर्ष विद्यार्थीहरुबीच गर्दै आएको यस्तो कार्यक्रम विगत २ वर्षदेखि कोरोना माहामारीको कारण रोकिएको थियो । कार्यक्रमको मुख्य उद्देश्य विभिन्न तहका विद्यार्थीहरु र प्राध्यापकहरु बीचको सुमधुर सम्बन्धलाइ कायम राख्दै कलेजको मुख्य पर्वको रुपमा विकास गर्दै लैजानु रहेको कलेजका अध्यक्ष रबिन सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>