भिडियो

थारु महिलाहरुको पर्व जितिया लक्षित ‘पावनी जितिया’ बोलको गीत सार्वजनिक (भिडियो)

Banner

चितवन, भदौ ११–

थारु समुदायका महिलाहरुको महान् पर्व हो ‘जितिया’ लक्षित ‘पावनी जितिया’ बोलको गीत सार्वजनिक भएको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–१० बडगाउँका युवाहरु मिलेर निकालिएको उक्त गीत सेविल इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतसंगै भिडियो पनि आकर्षक बनाईएको छ । गीतको अधिकांश छायाँकन बडगाउँ र सुल्तानामा गरिएको छ । भिडियोमा चर्चित थारु मोडेलहरु देव महतो र मुस्कान चौधरीलाई फिचर्ड गरिएको छ ।

गीतमा बडगाउँ निवासी नवगायक विश्व चौधरी र चर्चित गायिका समीक्षा चौधरीको स्वर रहेको छ । यस गीतमा बडगाउँकै युवा आशिष चौधरीले संगीत भरेका छन् । यस गीतमा बडगाउँकै उपेन्द्र चौधरी ‘जिज्ञासु’को शब्द रहेको छ । यस गीतको थारु लोक शब्दमा सङवा महिला समूह बडगाउँले सहयोग गरेको छ । गीतको एरेञ्ज गणेश चौधरीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>