चितवन विशेष

भरतपुरमा ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्स चालक घाइते

Banner

चितवन, भदौ ११–

चितवनको भरतपुरमा एम्बुलेन्स र ट्रक ठोक्किदा एक जना घाइते भएका छन् ।

गयराति भरतपुर–४, पिपलचोकस्थित रामपुरबाट चौविसकोठीतर्फ आउँदै गरेको ना १ क २९४० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००१ च ०००१ नम्बरको एम्बुलेन्स एकआपसरमा ठक्कर खाएको थियो ।

दुर्घटनामा एम्बुलेन्स चालक भरतपुर–४ का ५० वर्षीय चन्द्रकान्त तिवारी गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>