चितवन विशेष

नेपाल उद्योग व्यापार महासंघ चितवनको अध्यक्षमा पौडेल

Banner

चितवन, भदौ ११–

नेकपा (माओवादी केन्द्र) निकट उद्योगी, व्यवसायीहरुको संस्था नेपाल उद्योग व्यापार महासंघ चितवनको अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् । शुक्रबार भरतपुरमा भएको पाचौँ जिल्ला सम्मेलनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

महासंघको उपाध्यक्षमा किशोर बगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाई, सह–कोषाध्यक्षमा केदार बहादुर कार्की चयन भएका छन् । यसैगरि सदस्यहरुमा विष्णुप्रसाद बास्तोला, दिपक गौतम, दयाराम सुवेदी, सीता रेग्मी काफ्ले, इन्द्रमणि लामिछाने, रवीकला खरेल, रञ्जना भण्डारी चयन भएका छन् ।

यस्तै अन्य सदस्यहरुमा प्रल्हाद ठाकुर, लक्ष्मण सुवेदी, रामनाथ त्रिपाठी, जनार्दन अधिकारी, हरिप्रसाद न्यौपाने, रामराज पाण्डे, बुद्धिमाया घले र चिन बस्नेत चयन भएका छन् ।

त्यस्तै सम्मेलनले शिवराज लामिछाने, ठाकुर सिंखडा, चिरण अर्याल, भाकण्य गौतम, हिराबहादुर थापा र बाबुकाजी त्रिपाठीलाई पदेन सदस्यमा चयन गरेको निर्वाचन समितिले जनाएको छ । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>