चितवन विशेष

अनेरास्ववियूको आयोजनामा सप्तगण्डकी कलेजमा भएको तीज बिशेष कार्यक्रममा झुमे विद्यार्थी

Banner

चितवन, भादै १०-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) सप्तगण्डकी क्याम्पसको आयोजनामा आज (शुक्रबार) तीज विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उल्लेख्य विद्यार्थीको सहभागिता रहेको थियो ।

अनेरास्ववियू सप्तगण्डकी क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट रहनुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतो, प्राध्यापक नारायण प्रसाद रेग्मी, एमाले जिल्ला कमिटी सदस्य अनोज जोशी, अनेरास्ववियू जिल्ला सह संयोजक हरी आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले तीजको शुभकामना दिँदै मैलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । तीजलाई भड्किलो नबनाई सांस्कृति संरक्षण गर्ने उदेश्यका साथ मनाउनुपर्नेमा उनिहरुको जोड छ ।

सो अवसरमा विद्यार्थीहरु विभिन्न मौलिक तीज गितमा नाचेका थिए । कार्यक्रममा गायक अस्मिन घिमिरे र मनोज भुजेलले आफ्नो गीत समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश आचार्य, प्रदेश कमिटी सदस्यहरु, अनेरास्ववियुका जिल्ला कमिटी संयोजक अमित कुमार गुप्ता, विभिन्न कलेज कमिटीका अध्यक्ष र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>