Breaking News

काठमाडौँ महानगरपालिकाविरुद्ध सर्वोच्च जाँदै अल्फाबिटा

Banner

काठमाडौं,भदौं १०-

काठमाडौँ महानगरपालिकाविरुद्ध अल्फाबिटा सर्वोच्च अदालत जाने भएको छ । त्यसका लागि कानूनी परामर्श लिने काम भइरहेको अल्फाबिटा स्रोतले जनाएको छ । ‘कानूनी परामर्श लिने काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः आजै नभए पनि आइतबारसम्म सर्वोच्च जानेगरी तयारी भइरहेको छ ।’

अनधिकृतरूपमा बनाइएको भनिएको संरचनामा अल्फा केयर फार्मेसी थियो । महानगरको डोजरले सोही फार्मेसी भत्काएको थियो । यसपछि अल्फाबिटा स्रोतले यसलाई भर्त्सनायोग्य कार्य भनेको छ । ‘फार्मेसी भनेको जनतालाई हरबखत चाहिने, अतिआवशकीय वस्तुहरू पाइने ठाउँ हो । त्यही भत्काइयो । सबै कुराहरू ठिक हुँदाहुँदै पनि संरचना जबरजस्तीरूपमा भत्काइयो,’ अल्फाबिटा स्रोतले भन्यो ।

यसअघि बिहीबार बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटा कम्प्लेक्समा बनेको अनधिकृत संरचना महानगरपालिकाले भत्काएको थियो । दिउँसो नक्सा र डोजर सँगै लिएर त्यहाँ पुगेका महानगर प्रमुख बालेन शाहको अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँग भनाभनसमेत भएको थियो ।

बुधबार मात्रै महानगरले न्यूरोड क्षेत्रमा बनेका अनधिकृत संरचनाहरू भत्काएको थियो । प्रमुख बालेनले यो अभियानलाई निरन्तरता दिने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>