Breaking News

नक्सा बोकेरै पुगे मेयर बालेन शाह,अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर

Banner

काठमाडौं, भदौ ९-

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। बालेन, नगर प्रहरी, नेपाल प्रहरी लगायतका टोली घटनास्थल पुगेका थिए।

कम्प्लेक्सले संरचना भत्काउन छ/सात दिनको समय माग्दा काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षकले मीरा चौधरीले त्यति दिनको समय दिन नसक्ने बताइएकी थिइन्। ‘बिहान कुरा गर्दा अनधिकृत संरचना नभएको भन्ने र अहिले समय चाहियो भनेर दुइटा कुरा गर्न मिल्दैन’, उनले भनिन्। बालेनले सबैलाई ३५ दिनको समय दिएको र अब रोक्न नसक्ने बताएका थिए। ‘हामीले आजै आएर भनेका होइनौं,’ उनले भने, ‘त्यो काम तपाईंहरूको हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>