Breaking News
साहको प्रश्न माथि अल्फाबिटाका निर्देशक शर्माको प्रतिप्रश्न, ‘नगरपालिकामा नक्सा नभएर के हुन्छ त ?’
०

काठमाडौँ, भदौ ९-
काठमाण्डौ महागरपालिकाका मेयर बालेन्द्र साह र व्यवसायी बिच चर्काचर्की भएको छ । नक्सा पासमा भएको भन्दा फरक ढङ्गले बनाएका अवैध संरचनाहरू हटाउँदै हिँडेका बालेनको कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको हो ।
निर्देशक द्विराजले आफूले नक्सा पासअनुसार नै संरचना बनाएको जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की भएको थियो ।
चर्काचर्की पछि साहले नक्सा माग्दा निर्देशक शर्माले नक्सा मँसँग होइन तपाईँसँग हुनुपर्छ भनेका थिए । तर साहले आवेगमा आएर जवाफ दिए , ‘तपाईँको घरको नक्सा मसँग हुनुपर्छ हो ?’ त्यस्तै साहको प्रश्न माथी अल्फाबिटाका निर्देशक शर्माले उल्टै प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























