Breaking News
हत्कडीसहित कैदी फरार, सुरक्षा कमजोरी भएको भन्दै सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो
०

काठमाडौँ, भदौ ९
नख्खु कारागारबाट कैदी भागेपछि कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो छ । कारागारका एकजना कैदी फरार भएपछि नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको जिम्मेवारी खोसिएको हो ।
नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीका अनुसार हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएको छ । त्यस्तै नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























