Breaking News

नारायणी नदीको पुलबाट ४९ वर्षीय पुरुषले हामफाले,प्रहरीले सकुशल उद्धार गर्‍यो

Banner

चितवन,भदौं ८-

नारायणी नदीको पुलबाट आज (बुधवार) ४९ वर्षीय पुरुषले हाम फालेका छन् । १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलबाट भरतपुर महानगरपालिका ४ बैधिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यले नदीमा हाम फालेको चितवन प्रहरीले जनाएको छ ।

घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालय नारायणगढ र विपत व्यवस्थापनको उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आचार्य बोल्न सक्ने अवस्थामा रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।हिजो (मंगलबार) मात्रै एक युवती नदीमा हाम फालेर वेपत्ता भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>