Breaking News

केराबारीमा पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

Banner

चितवन, भदौ ८–

पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९, स्थित केराबारी भन्ने स्थानमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको हो । आज अपरान्ह ५ः३० बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

पहिरोले दुवैतर्फ बाटो अवरुद्ध भएको भने पहिरो हटाउन सडक विभागसंग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही सातायता यस क्षेत्रमा पटक–पटक पहिरो खस्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>