चितवन विशेष

मासिए चितवनका अर्ना, ६ वर्षमै २३ को मृत्यु

Banner

चितवन,भदौं ८-

चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो।

संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ। ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ।

बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्याल भन्छन्, ‘अर्ना सक्षम नभएसम्म रोग, समस्या, ठाउँको निरन्तर अनुगमन हुनुपर्छ। प्रजाति ल्याउने, त्यसको लागी बजेट व्यवस्थापनको नीति नहुँदा पनि समस्या भएको हो।’

निकुञ्जभित्रको पुरानो पदमपुरमा इन्क्लोजर अर्थात् खुला खोर बनाइएर राखिएको थियो। उक्त संरचना ४५ हेक्टर क्षेत्रफलमा बनाइएको थियो। बाघ, भालु, गैंडा, हात्तीबाट जोगाउन फराकिलो क्षेत्र समेटेर तारजालीले घेरिएको थियो। तर, बाँकी रहेका अर्ना पनि इन्क्लोजरको नियमित रेखदेख नहुँदा बाघ पसेर गत साता मारिदियो।

पानी छिर्ने ठाउँबाट पसेर बाघले तीनवटै खाएको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन्। अघिल्लो साउनदेखि मंसिरसम्म १० अर्ना मरेका थिए। केही २०७४ सालको बाढीमा परे। केही बाघको आक्रमण र केही प्राकृतिक कारणले मरे। निकुञ्जले स्याहारसुसार गर्न नसकेको संरक्षणकर्मी बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>