चितवन विशेष

वीरेन्द्र क्याम्पसमा आयुष पौडेलको नेतृत्वमा रेडक्रस गठन

Banner

चितवन, भदौ ६–

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा आयुष पौडेलको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी वीरेन्द्र क्याम्पस इकाई कमिटी गठन गरिएको छ ।

सोमबार भएको इकाई अधिवेशन तथा प्रशिक्षण कार्यक्रममा पौडेलको नेतृत्वमा रेडक्रस गठन गरिएको हो । १५ वर्षअघि रेडक्रस गठन भए पनि विविध कारण सक्रिय हुन सकेको थिएन । अहिले पुनः पौडेलको नेतृत्वमा रेडक्रस व्यताईएको हो । रेडक्रसको उपाध्यक्षमा सौगात बस्याल र सचिवमा सुजन खनाल चयन भएका छन् । अन्य सदस्य पछि मनोनित गरिने नवनियुक्त अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पस त्रिवि प्राध्यापक संघका अध्यक्ष सूर्यनारायण पौडेल, विद्यार्थी कल्याणकारिणी प्रमुख शरचन्द्र काफ्लेले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा चितवनका उपसभापति रत्न सापकोटाको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख दयाराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>