Breaking News
मेयरसंग कार्यसम्पादन सम्झौता गरेकै दिन फेरिए भरतपुरका प्रशासकीय अधिकृत
०

चितवन,भदौं ६-
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुवेदीसहित २४ जना सहसचिवको सरुवा गरेको हो । उनले आज (सोमबार) मात्रै भरतपुर महानगरपालिकाको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउन कार्यसम्पादन करार सम्झौता गरेका थिए ।
भरतपुरमा नारायणप्रसाद सापकोटा सरुवा भएर आउने भएका छन् । उनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा कार्यरत थिए । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























