चितवन विशेष

चितवनमा टीभीएसको एओजी राइड

Banner

चितवन,साउन ६-

टु–ह्विलर्स कम्पनी टीभीएसले ग्राहकका लागि चितवनमा अपाचे ओनर ग्रुप (एओजी) नामक रोमाञ्चक राइड आयोजना गरेको छ । नारायणगढको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्क ल्याण्डसम्म राइडको आयोजना गरिएको कम्पनीले जनाएको छ । सो क्रममा ४० जना राइडर सहभागी भएका थिए । राइडरमा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिएका थिए ।

नेपालको पर्यटकीय स्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको कार्यक्रममा सहभागी राइडरहरुको प्रतिक्रिया थियो । टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार अब यो कार्यक्रम सेती, बाँके र मेची च्याप्टरमा आयोजना हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>