Breaking News
बानेश्वरको अन्डरग्राउन्ड पार्किङको नक्सामा पसल सञ्चालन, हटाउन आफै पुगे मेयर बालेन्द्र
०

काठमाडौँ, भदौ ६
अन्डरग्राउन्ड पार्किङु क्षेत्रमा सञ्चालित पसल काठमाडौं महानगरपालिकाले हटाउने अभियान सुरू गरेको छ। अण्डरग्राउण्ड पसल हटाउने अभियान सुरू भएपछि हाल बानेश्वर प्लाजाको पसलहरू खाली गरिएको हो ।
घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङुको नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित छन्। त्यस्तै आज उक्त पसल हटाउने अभियानमा मेयर बालेन्द्र साह समेत बानेश्वर क्षेत्र पुगेका छन् ।
सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही थालेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























