चितवन विशेष

वाईसीएलको केन्द्रीय कोषाध्यक्षमा चितवनका पनेरु, केन्द्रीय सदस्यमा ६ जना निर्वाचित

Banner

चितवन, भदौ ६–

नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को केन्द्रीय अध्यक्षमा सुवोध सेर्पाली चयन भएका छन् ।

आइतबार साँझ सर्वसम्मत रुपमा नेतृत्वय चयन गर्ने क्रममा सहसंयोजक रहेका सेर्पाली अध्यक्षमा चयन भएका हुन् । महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्षमा चितवनका सन्तोष पनेरु चयन भएका छन् । पनेरु लामो समयदेखि वाइसीएलमा सक्रिय रुपमा योगदान दिँदै आइरहेका छन् ।

वाइसीएलको केन्द्रीय कमिटीमा चितवनका अन्य पाँच जनाले स्थान बनाएका छन् । केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजकको जिम्मेवारी राम गोदारले पाएका छन् केन्द्रीय सदस्यमा अविरल पोखरेल, किरण सुनार, विजय सिंह, आरसी मैनाली र प्रजित रुवाली चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>