चितवन विशेष

चितवनमा भदौ ७ मा ‘प्रोफेशनल अष्ट्रेलिया उच्च शिक्षा मेला’ हुने

Banner

चितवन, भदौ ६–

प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको आयोजनामा चितवनको भरतपुरमा मंगलबार ‘अष्ट्रेलिया उच्च शिक्षा मेला’ हुने भएको छ । भरतपुर गार्डेन रिसोर्टमा मंगलबार विहान १० देखि अपरान्ह ५ बजेसम्म मेला हुन लागेको हो ।

मेलामा अष्ट्रेलियामा रहेका ११ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष रुपमा परामर्श दिने प्रोफेशनल एजुकेशन कन्सलटेन्सी चितवनका प्रमुख सन्तोष खनालले जानकारी दिए । मेलामा धेरै भन्दा धेरै विद्यार्थी तथा अभिभावकको सहभागिता बढाउन प्रचार प्रसारलाई समेत तिव्रता दिएको छ । ‘अष्ट्रेलियाका प्रतिनिधिबाट सिधै परामर्श लिन सकिने भएकाले धेरै भन्दा धेरै विद्यार्थी मेला सहभागिता होस् भन्ने चाहना छ, सोही अनुसार विद्यार्थीहरुको सहभागिता रहन्छ भन्नेमा हामी विश्वस्त छौं’ प्रमुख खनालले भने ।

उक्त शैक्षिक मेलामा अस्ट्रेलियाको अष्ट्रेलियन क्याथोलीक युनिभर्सिटी, सेन्ट्रल कुइन्जल्याड युनिभर्सिटी, क्यान्टवरी इन्स्टिच्युट अफ म्यानेजमेन्ट, कर्टीन युनिभर्सिटी, मक्वायरी युनिभर्सिटी,आई सी एम एस, ल्याट्रोब युनिभर्सिटी, नभितास्, द युनिभर्सिटी अफ एडीलाईड, युनिभर्सिटी टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ न्यु ईङ्लायान्ड लगायतका ११ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले परामर्श दिनेछन् ।

मेलामा सहभागिताका लागि प्रोफेशनल एजुकेशन कन्सलटेन्सीले अग्रिम नाम दर्ता समेत खुल्ला गरेको छ । मेलामार्फत विद्यार्थीले विश्वविद्यालय अनुसार पढाइ हुने विषय, त्यस्ता विषय पढाईका लागि लाग्ने खर्च, विश्वविद्यालय तथा कलेजहरुले दिने छात्रवृत्ति तथा छुट तथा विषय अनुसार पढाई सम्पन्न गरिसकेपछि बजारमा रोजगारीको सम्भावना लगायतका विषयमा जानकारी पाउनेछन् ।

प्रोफेशनल एजुकेशन २९ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>