चितवन विशेष

समाचार सम्प्रेषण गर्दा निस्पक्ष तरिकाले सम्प्रेषण गरौंः अध्यक्ष मगर

Banner

चितवन, भदौ ४–

नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा निस्पक्ष तरिकाले सम्प्रेषण गर्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल पत्रकार संघ जिल्ला समिति चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो ।

उनले भर्खरै मात्रै गठन भएको नेपाल मगर संघ चितवन जिल्लामा पनि गठन भएकोमा खुशी व्यक्त गरे । फरक प्रसङ्गमा बोल्दै उनले मगर संघ भित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई आगामी दिनहरुमा समाधान गरेर जानुपर्ने धारण व्यक्त गरेका थिए । चितवनमा भर्खरै गठन गरिएको समितीलाई सफल कार्यकालको शुभकामना समेत उनले दिएका छन् ।

कार्यक्रममा महानगर भित्रका झन्डै ३० वटा भन्दा धेरै संघ सस्था तथा मगर विद्यार्थी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अन्तक्र्रिया कार्यक्रमको बारेमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरले प्रकाश पारेका थियो । उनले नेपाल मगर पत्रकार संघ गठन गरिनुको उदेश्य र योजनाको बारेमा प्रष्ट पारे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरले सम्पुर्ण मगरहरु एकताबद्ध हुनुपर्ने बताए । उनले मगर पत्रकार संघ र जिल्लामा रहेका अन्य मगर संघसस्थाहरु एक अर्काको परिपुरक रहेको भन्दै एक बिना अर्को अपुरो हुने जीकिर गरे । उनले आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु मिलेर सहकार्य गरेर अगाडी बढ्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा अधिकाम्स वक्ताहरुले चितवनमा पनि मगर पत्रकार संघ गठन गरिनु खुशिको कुरा भएको बताएका थिए । मगरहरु सधै पछाडि परिरहेको अवस्थामा मगर पत्रकार संघ गठन गरिनु गौरवको विषय भएको भन्दै आगामी दिनहरुमा आफ्नो संघ सस्थाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गरे । प्रचारप्रसारकै अभावले गर्दा नै मगर जातिका चाडपर्वहरु पछाडि परेको गुनासो समेत गरेका थिए । आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने सुझाब दिएका थिए ।

नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भको थियो । नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका सचिब मुना लम्तरी मगरले कार्यक्रम संचालन गरेकि थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>