खेलकुद
स्कुल स्तरीय कराँतेमा चितवन शिक्षा सदन प्रथम

चितवन, भदौ ४-
चितवन विद्यालय स्तरीय प्रथम सनराईज सितोरियो कराँते प्रतियोगितामा चितवन शिक्षा सदन प्रथम भएको छ ।
दुई दिनसम्म चलेको प्रतियोगितामा २६ पदक जितेर चितवन शिक्षा सदन प्रथम भएको हो । चितवन शिक्षा सदनले आठ स्वर्णसहित आठ रजत र दश कास्य जित्यो । विजेता चितवन शिक्षा सदनले ट्रफीसहित ३० हजार रुपैयाँ बराबरको कराँतेका लागि आवश्यक खेल सामाग्री प्राप्त गरेको छ ।
यस्तै ११ पदक जितेको आयोजक सनराज इङ्गलिस स्कुल दोस्रो भयो । सनराइजले तीन स्वर्ण, चार रजत र चार कास्य जित्यो । उपविजेता सनराजले २५ हजार रुपैयाँ बराबरको खेल सामाग्री प्राप्त गरेको छ । पुरुष तर्फ उज्ज्वल पौडेल र महिलातर्फ करुना बुढा मगर उत्कृष्ट खेलाडी घोषित भए । यस्तै ओम शान्ति एकेडेमी फेयर प्ले अवार्ड पाउँदा दिव्य कालिका इङ्गलिस बोर्डिङ स्कुल अनुशासित टिम घोषित भयो।
प्रतियोगितामा पुरुष २० केजी तौल समूहमा सनराज इङ्गलिस स्कुलका सन्दीप कंडेलले स्वर्ण पदक जिते । यस्तै अविनाश न्यौपानेले रजत जित्दा ओम शान्ति एकेडेमीका सुप्रिम कंडेल र शान्ति इङ्गलिस बोर्डिङ स्कुलका अंकेश महतोले कास्य जिते । पुरुष २५ केजी तौल समूहमा चितवन शिक्षा सदनका आयुष कुमालले स्वर्ण र ग्राण्डी इङ्गलिस बोर्डिङ स्कुलका विराज विकले रजत जिते । सोही तौल समूहमा चितवन शिक्षा सदनका सुमन तामाङ र ओम शान्तिका मोनिक क्षेत्रीले कास्य जिते ।
पुरुष २५ केजीमा चितवन शिक्षा सदनका विवेक तामाङले स्वर्ण पदक जिते । ग्राण्डीका आशिम तामाङले रजत तथा चितवन शिक्षा सदनका सुलभ मगर र ग्राण्डीका सिजन गुरुङले कास्य जिते । यस्तै पुरुष ३५ केजी तौल समूहमा प्यारागान इङ्गलिस बोर्डिङ स्कुलका डोमान गुरुङले स्वर्ण जित्दा आदर्शन इङ्गलिस बोर्डिङ स्कुलका अजित आलेले रजत जिते । पार्वतीपुरका विजय गुरुङ र ब्रम्हपुरका पियुष पौडेलले कास्य जिते ।
४० केजीमा रोहित पुन मगरले स्वर्ण, योगेश महतोले रजत तथा अंकित थापा र रेनिम खड्काले कास्य जिते । ४५ केजीमा उज्ज्वल पौडेलले स्वर्ण, अनुप गुरुङले रजत तथा युशन राई र सुदीप सापकोटाले कास्य जिते । ५० केजीमा विशाल क्षेत्रीले स्वर्ण पदक जित्दा साहिल थापाले रजत तथा मिलन नेपाली र राजु कुमालले कास्य जिते । ६० केजीमा सृजन मगरले स्वर्ण, शुभम कठायतले रजत तथा मिङ्गुर लामा र रविन घलेले कास्य जिते । पुरुष खुलामा सुदीप भुसालले स्वर्ण जित्दा अंकित शाहले रजत तथा सँगम गिरि र शोभित रास्कोटीले कास्य जिते ।
महिला २० केजीमा बालकुमारी इङ्गलिस स्कुलकी बर्षा लामाले स्वर्ण पदक जितिन् । बालकुमारीकै मासुम भट्टराईले रजत तथा राष्ट्रिय आधारभुत ठिमुराकी एन्जल गुरुङ र सनराइजकी सिय रिजाले कास्य जिते । महिला २५ केजीमा सिया पौडेलले स्वर्ण जित्दा सुप्रिमा पौडेलले रजत तथा प्रगति श्रेष्ठ र रिया रिजालले कास्य जिते । ३० केजीमा अनुष्का गुरुङले स्वर्ण, खुशी पुन मगरले रजत तथा अतिथि थापा मगर र अश्मी मगरले कास्य हात पारे ।
३५ केजीमा अलियाशा थापा मगरले स्वर्ण, सुमी गुरुङले रजत तथा अर्या शर्मा र स्मृति गुरुङले कास्य जिते । ४० केजीमा नम्रता वाइबाले स्वर्ण, अनुशा मियाले रजत तथा श्वेता वाग्ले र बिनिशा कुमालले कास्य जिते । ४५ केजीमा करुना बुढा मगरले स्वर्ण, निक्ष्या थापा मगरले रजत तथा पार्वती गुरुङ र सेजल बाँनियाले कास्य जिते । ५० केजीमा रिक्ष्या लिम्बुले स्वर्ण, काजल कुँवरले रजत तथा सुनैना कुमाल र अनुशा दराईले कास्य जिते ।
५५ केजीमा ममता गुरुङले स्वर्ण, चाँदनी तामाङले रजत तथा स्मिता कुमाल र पिया रानामगरले कास्य जिते । महिला खुलामा कृतिका पौडेलले स्वर्ण, सुस्मिता रिजालले रजत तथा रिदिक्षा परियार र तृशा सेन्चुरीले कास्य जिते । नेपाल सितोरिया कराँते संघ चितवन र सनराईज इङ्गलिस स्कुलको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरका २२ विद्यालयबाट तीन सय ६० खेलाडी सहभागी थिए ।


























