चितवन विशेष

सेन्ट्रल कलेज मेलमिलाप कप फुटसल प्रतियोगिता भदौं ६ गते हुने

Banner

चितवन,भदौं ४-

सेन्ट्रल कलेज मेलमिलाप कप फुटसल प्रतियोगिता भदौं ६ गते हुने भएको छ । सक्षम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ६ टोली सहभागी हुने सक्षम इभेन्टका अध्यक्ष विपिन खनालले जानकारी दिए ।

खनालका अनुसार सहभागी पाँच टोलीको टुङ्गो लागिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च चितवन, नारायागढ जेसीज, लियो क्लब अफ नारायणगढ, चितवन ग्रीन लियो र रोट्र्याक क्लब अफ भरतपुर हाइट प्रतियोगितामा सहभागी हुने उनले बताए । आइतबारसम्म अर्को एक टोलीको पनि टुङ्गो लाग्ने उनले जानकारी दिए ।

खेलहरु ब्रदर्श फुटसल एरेना क्षेत्रपुरमा बिहान ७ बजेबाट सुरु हुनेछ । सामाजिक क्षेत्रमा सक्रिय बिभिन्न क्लब र खेलकुद पत्रकारबीचको सम्बन्ध थप मजबुद मनाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>