Breaking News

सहकार्य हुँदै हुन्न भन्ने होइन तर एक्लै चुनाव लड्न तयार छौंः एमाले सचिव रायमाझी

Banner

निरुता विक

चितवन, भदौ ४-

नेकपा (एमाले) सचिव टोप बहादुर रायमाझी ले पार्टी एक्लै चुनाव लड्ने बताउनुभएको छ । आज (शनिवार) प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव रायमाझीले पार्टी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताउनुभयो । ‘हामी एक्लै निर्वाचनमा होमिएका छौं,उहाँले भन्नुभयो’,सहकार्य हुँदै हुदैन भन्ने होइन ।’ बामपन्थी,प्रगतिशिल र देशभक्तहरु संग सहकार्य हुनसक्ने भन्दै उहाँले राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राखेर सहकार्य गरिने बताउनुभयो ।
‘अहिलेको पाँच दलिय गठबन्धनसंगै कुनै विचार,राजनीति,योजना र कार्यदिशा छैन उनिहरु अस्तित्वको संकट टार्न र कामजोरी ढाकछोप गर्न अपवित्र र अराजनीतिक गठबन्धन गरिरहेका छन्’,उहाँले भन्नुभयो ।

उहाँले देशको राजनीति दुई धु्रबमा बाँढिएको र त्यसमा एउटा नेतृत्व एमाले र अर्कौ महागठबन्धन भएको दाबी गर्नुभयो । गठबन्धनका नाममा स्वार्थीहरुको समूह बनाएर देशलाई भद्रगोल बनाएको रायमाझीको आरोप छ । उहाँले एमालेले कसैलाई पत्तासाफ उदेश्यका साथ राजनीति गर्ने नभई विचार र सिद्धान्तका आधारमा राजनीति गर्ने गरेको स्पष्ट पार्नुभयो ।

प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य देवी ज्ञावली, जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने, भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया, माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडी, पार्टी जिल्ला कार्यालय सचिव श्याम विष्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपाल, बागमती प्रदेश कमिटी उपाध्यक्ष राधेश्याम खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>