चितवन विशेष

चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ भदौं ५ गते हुने

Banner

चितवन, भाद्र ३–

चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुने भएको छ । यही भाद्र ५ गते आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा इन्फरमेशन सेसन आयोजना हुन लागेको हो । यस कार्यक्रम विहान ११ देखि अपरान्ह ५ बजेसम्म संचालन हुने एक्सपर्ट एजुकेशन चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

यस कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र आयरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न पाउने छन् । एक्सपर्टले गत चैतमा पनि फेयर आयोजना गरेको थियो । यसपटक पनि विद्यार्थीहरुलाई वैदेशिक अध्ययन बारेमा आफ्नै ठाउँमा विशेष प्रतिनिधिबाट जानकारी गराउने उद्देश्यले इन्फरमेशन सेसन आयोजना गरिएको निर्देशक अधिकारीले बताए । ‘यस कार्यक्रमबाट विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग जानकारी लिन पाउनु हुनेछ, यसबाट सही परामर्श पाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं’–निर्देशक अधिकारीले भने ।

नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशका ५० भन्दा बढी शाखाहरु सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ । दुई दशक अवधिमा एक्सपर्टको परामर्शमा लाखौं विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देशहरुमा पुगेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>