कालिका

पत्रकार सिंखडामाथि भएको आक्रमणको सर्वत्र भत्र्सना, आक्रमणकारी विरुद्ध किटानी मुद्दा

Banner

चितवन,भदौ १-

चितवनका शिशिर सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा र भत्र्सना भएको छ । नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, कालिका दैनिक अनलाइनका प्रधान सम्पादक सिंखडामाथि भएको आक्रमणको पत्रकार सम्बद्ध संघ संगठनहरुले निन्दा र भत्र्सना गरेका हुन् ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्र सापकोटाले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको छ । विज्ञप्तिमा समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्ता व्यवस्थाको वेवास्ता गरी पत्रकारमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बागमती प्रदेश समितिले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गरेको छ । यसैगरी प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । सिंखडामाथि आज बुधबार बिहान हातपात भएको हो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजार गएको समयमा पत्रकार सिंखडालाई दिपक लामिछाने लगायत चार जनाको टोलीले आक्रमण गरेको हो ।

यसैबीच घटनामा संलग्न रहेका चार जना विरुद्ध पत्रकार शिंखडाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गर्नुभएको छ । नेपाल पत्रकार महासंघ चितवन लगायत पत्रकार सम्बद्ध संघ संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछाने सहित दिलिप लामिछाने, अमिर सापकोटा र निकेश नेपाल विरुद्ध किटानी मुद्दा दायर गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>