कालिका

भरतपुरमा ट्याङ्करको ठक्करबाट पदमपुरका २२ वर्षिय युवाको मृत्यु

Banner

चितवन, साउन ३०-

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ४ख ३९६९नम्बरको ट्याङ्करले आज दिउँसो १ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित ट्याङ्कर चालकलाई इलाका कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक भने शकुसल रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>