चितवन विशेष

चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक

Banner

चितवन,साउन २७-

चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक परेको छ । घिमिरेका बुवा घनकान्त घिमिरेको ५९ वर्षको उमेरमा आज (शुक्रबार) दिउँसो करिब साढे २ बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय घिमिरे कविलास मावि जुगेडीका पूर्वप्रधानाध्यापक हुनुहुन्थ्यो। गत वर्ष साउन १६ गते आफ्नै घरबाट लडेर घाइते हुुनुभएका घिमिरे अस्पतालको लामो बसाइपछि भरतपुर ७ कटहर चोकस्थित घरमा स्वास्थ्य लाभ गरिरहनुभएको थियो । गत बुधबार स्वास्थ्य अवस्था थप जटिल देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

घिमिरेका श्रीमती, दुई छोरा र १ छोरी छन् । ज्येष्ठ सुपुत्र राजेश सेतोपाटी अनलाइनसँग आवद्ध हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>