देश/प्रदेश

मिस्टर एण्ड मिस थारुको ७ ठाउँमा अडिसन सकियो, २५ जना छनोट, तीन ठाउँमा अडिसन शनिबार

Banner

काठमाडौँ, साउन २५–

थारु कला, सँस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस थारु २०२२ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् ।
७ जिल्लाका प्रमुख शहरहरुमा सकिएको अडिसनबाट पुरुष र महिला गरि २५ जना छनोट भएका हुन् । गत साउन २१ गते ४ चार जिल्लामा अडिसन भएको थियो भने मंगलबार थप ३ जिल्लामा अडिसन सम्पन्न भएको छ ।

मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरि तीन जना छनोट भएका छन् । छनोट हुनेमा प्रविन कुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी रहेका छन् ।

यस्तै लहान अडिसनबाट पनि तीन जना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी रहेका छन् । त्यसैगरि टिकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमंग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् ।

यसैगरि गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी जनाएकोमा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् । त्यस्तै वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीन जना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी ४ जना छनोट भएका छन् ।

त्यसैगरि नेपालगञ्जमा अडिसनमा आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरि ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन यही साउन २८ गते शनिबार काठमाडौँ, बुटवल र दाङमा हुनेछ । यस अडिसन पश्चात छनोट भएकाहरुलाई काठमाडौंमै राखेर प्रशिक्षण दिईने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् । यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>