चितवन विशेष

चितवनको नेशनल ल्याब एण्ड इन्जिनियरिङ सलुशनले पायो आइएसओ मान्यता

Banner

चितवन,साउन २४-

चितवनको नेशनल ल्याब एण्ड इन्जिनियरिङ सलुशनले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ ) ९००१ः२०१५  प्राप्त गरेको छ । आइएसओ पाउने नेशनल ल्याब चितवनको पहिलो इन्जिनियरिङ कम्पनी हो । भरतपुर महानगरपालिका–१ रामनगरबाट चार बर्षदेखि नेशनल ल्याबले सेवा प्रदान गरिरहेको छ ।

चितवनमा कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेका इन्जिनियरहरुले संचालन गरेको नेशनल ल्याबले छोटो समयमै निर्माण सामग्रीको गुणस्तर परीक्षण तथा माटो परीक्षण सम्बन्धि सेवा विषयमा आइएसओ प्राप्त गरेको कम्पनीका संचालक बरिष्ठ इन्जिनियर शिवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार नीजि क्षेत्रबाट संचालनमा आएको यो ल्याब चितवनकै ठूलो र व्यवस्थित ल्याब हो ।

ल्याबमा सिमेन्ट, गिट्टी, बालुवा, रड, कालोपत्रे लगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षण गरिन्छ । यस्तै माटोको भार बहन क्षमताको समेत ल्याबमा परीक्षण हुन्छ । ‘यसअघि सबै निर्माण सामग्रीको ल्याब परीक्षणका लागि काठमाडौं लैजानुपर्ने बाध्यता थियो,चापागाईँले भन्नुभयो’,अव चितवन र आसपासका सबै जिल्लाका ल्याब टेष्ट यही हुन्छ ।’ उहाँले पूर्वमा विरगन्ज जनकपुरदेखि पश्चिममा बुटवल दाङ सम्मका ल्याबटेष्ट चितवनमै हुने बताउनुभयो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>