चितवन विशेष

सनराइजमा प्रतिभा प्रस्फुटन कार्यक्रम

Banner

चितवन, साउन २४–

सनराइज इङ्ग्लिस स्कुल भरतपुरमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुका लागि प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको हो ।

सम्पूर्ण विद्यार्थीका अभिभावकको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूले गीत, नाटक, नृत्य, चित्रकला प्रदर्शनी तथा विभिन्न अभिनयका माध्यमद्वारा अभिभावकको महत्व र त्यसले विद्यार्थी जीवनमा पार्ने प्रभावको बारेमा आफ्नो कला प्रस्तुत गरेका थिए ।

कक्षा ४ मै अध्ययनरत विद्यार्थीद्वारा सञ्चालित सो कार्यक्रम विद्यालयका प्रिन्सिपल शिवकुमार बगाले, सहायक प्रिन्सिपल भुमिराज तिवारी, तह–प्रमुख सुभास ढकाल लगाएत प्राइमरी तहमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम ‘Parents Source of Creation and Inspiration’ भन्ने विषयमा रहेको थियो । सो कार्यक्रम तयारी, ब्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै दिइएको थियो ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूका लागि कक्षा कोठामा सिमित रहेर अध्ययन गर्ने थलोमात्र नभई विद्यार्थीहरूले कक्षागत सिकाईका अलावा वाह्य प्रतिभाको ज्ञान पनि उत्तिकै हासिल गर्ने थलोका रूपमा अनुभव गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>