Breaking News

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

Banner

चितवन, साउन २३–

आज अपरान्ह पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ ।

आज (सोमबार) साँझ ७ः२० बजेको समयमा लेदोसहितको पहिरो हटाएर दुईतर्फी बाटो संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज अपरान्ह ५ः०५ बजेको समयमा भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा पहिरो खसेको थियो । यस ठाउँमा केहीदिन यता निरन्तर पहिरो खस्दै आइरहेको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>