चितवन विशेष

चितवनका वरिष्ठ पत्रकार इश्वर जोशीलाई ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’

Banner

चितवन, साउन २३–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवन शाखाले यसैवर्षबाट पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै पत्रकारिता पुरस्कार स्थापना गरेको छ । १९ वर्ष पुरा भई २०औं वर्ष प्रवेशको अवसरमा एक्सपर्ट चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ स्थापना गरेको हो । पहिलोपटक घोषणा गरिएको यस पुरस्कार नेपाल टेलिभिजन र बीबीसी नेपाली सेवामा लामो समयदेखि क्रियाशिल वरिष्ठ पत्रकार इश्वर जोशीलाई प्रदान गरिएको छ ।

यस पुरस्कारको राशी २५ हजार १११ रुपैयाँ रहेको छ । वार्षिकोत्सव समारोह कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले पत्रकार जोशीलाई नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरे ।

पत्रकार जोशी वि.सं.२०५० सालदेखि नेपाल टेलिभिजनबाट पत्रकारिता सुरुवात गरेका थिए । उनी अहिले पनि सक्रिय रुपमा पत्रकारिता गर्दै आइरहेका छ ।
यो सुरुवातसंगै प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशिल पत्रकारहरु मध्य एक जनालाई पुरस्कार प्रदान गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । त्यस्तै वार्षिकोत्सवकै अवसरमा एक्सपर्टले सोमबार साँझ नै देवघाटस्थित वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम समेत राखेको छ ।

सन् २००३ अगष्ट ८ तारिखमा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना भई संचालनमा आएको एक्सपर्ट एजुकेशन सोमबार अगष्ट ८ तारिखका दिन १९ वर्ष पुरागरि २०औं वर्षमा प्रवेश गरेको हो । यस विशेष दिन नेपाललगायत विश्वका सबै शाखा कार्यालयहरुले विशेष रुपमा धुमधामका साथ वार्षिकोत्सव कार्यक्रम मनाईरहेका छन् । एक्सपर्ट एजुकेशनले नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशमा ५० भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आइरहेको छ ।
एक्सपर्टले वार्षिकोत्सवकै अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा पुरुष र महिला गरि ६१ जनाले रक्तदान गरेका छन् ।

एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसानका केन्द्रीय सदस्य भुपेन्द्र धिताल, हिसाज चितवनका अध्यक्ष दिपेन्द्र ढकाल र भरतपुर हाइट टोल विकास संस्थाकी अध्यक्ष मञ्जु पाठकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लेखा प्रमुख किरण पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>