Breaking News

नारायणी सहित अन्य कुनकुन नदीमा आज पानीको बहाव सतर्कता तह भन्दा तल रहने ?

Banner

चितवन, साउन २१-

आज नारायणी नदीमा पानीको बहाव सतर्कता तह भन्दा तल रहने भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी नदी सँगै कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा पानीको बहाव सतर्कता तह भन्दा तल रहने जनाएको हो ।

तर आज कोसी नदीमा पानीको बहाव बढ्न थालेको र बेलुका समम पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले सार्वजनिक गरेको सुचना अनुसार कोसीका सहायक नदी खोला तमोर, त्रिवेणी, अरुण, सिम्ले, सुनकोसी र हम्पचुवारमा पनि पानीको बहाव बढेको छ । भने पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ लमजुङ, दार्चुला र आसपास भइ बग्ने केही साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ।

यसअघि महाशाखाले बिहान सिन्धुपाल्चोकको मेलम्चीसहित केही ठाउँमा आकस्मिक बाढीको सूचना जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>