भिडियो

‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिजः सोनम, पूजा र आकाशको त्रिकोणात्मक प्रेम कथा

Banner

काठमाडौँ, साउन २०–

चर्चामा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर रिलिज गरिएको छ । आउँदो भदौ १७ गतेदेखि रिलिज हुने तयारीमा रहेको यस फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको मुख्य भूमिका छ ।

फिल्मलाई चर्चित निर्देशक सुदर्शन थापाले निर्देशन गरेका छन् । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् । ट्रेलरमा सोनम, पूजा र आकाशबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानले संगीत दिएका छन् ।

शैलेन्द्रमान प्रधानको ब्याकग्राउन्ड स्कोर, अर्जुन जीसीको सम्पादन रहेको फिल्मको सहनिर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिश खकुरेल र अंकित गौतम छन् ।

यस चलचित्रका गीतहरुमा सुगम पोखरेल, अन्जु पन्त, सुरेश लामा, तारा प्रकाश लिम्बु, अनु चौधरी, दीपा लामा, सोनम तोप्देनको आवाज सुन्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>