Breaking News

गठबन्धनबाट टिकट पाए एमाले अध्यक्ष ओली विरुद्ध चुनाव लड्छुः रञ्जित तामाङ

Banner

काठमाडौँ, साउन २०-

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङले आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने भएका छन् ।

सरकारले मंसिर ४ गते चुनावको समिति घोषणा गरेपछि तामाङले टिकट पाए ओली विरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनावी लडने तयारी गरेका हुन् ।

‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ’ तामाङले भने, ‘गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु ।’ गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने तामाङको भनाई छ ।

२०७४ सालको चुनावमा माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर थिए । त्यस्तै ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>