Breaking News

पक्राउ पुर्जीपछि विप्लव नेकपाले भन्योः देशलाई पुनः द्वन्द्वमा धकेल्ने सरकारको कदम

Banner

चितवन,साउन १६-

नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ ।

प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेताहरूलाई ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भएको जनाएका छन् ।

विज्ञप्तिमा आफ्नो पार्टीले जनताको हितकै निम्ति लडिरहँदा अघिल्लो सरकारले दमन गरेको समेत उल्लेख छ । त्यसै क्रममा केपी शर्मा ओली नेतृत्वका सरकारसँग ३ बुँदे सहमति गरिए भन्दै प्रकाण्डले यो सरकारले एक वर्ष बितिसक्दा पनि आफ्ना मागहरु पूरा नगरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दछ भन्ने कुराको पुष्टि भएको छ । जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ ।

देशमा एमसीसी, एसपीपी लगायत विषयहरुले देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति भयावह एवं घातक बनाएको विज्ञप्तिमा भनिएको छ । पाटीले आफूमाथिको पक्राउ पूर्जी रोक्न समेत चेतावनी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>