Breaking News
माइक्रो बस दुर्घटनाः १८ जना घाइते, चितवन मेडिकल कलेजमा उपचार हुँदै
०

चितवन, साउन १६–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























