देश/प्रदेश
शिवलाई मजाक पात्रको रुपमा प्रस्तुत गरेको क्लिप सार्वजनिक, ‘कमेडी हब’ बन्द गर्न संजय श्रेष्ठको माग
०

काठमाडौँ, साउन १६-
कमेडी श्रृङ्खला ‘कमेडी हब’ मा भगवान शिवको अपमान गरेको भन्दै गायक संजय श्रेष्ठले बन्द गर्न माग गरेका छन् ।
कमेडी हबले सार्वजनिक गरेको १० औं एपिसोडको ट्रेलरमा भगवान शिवलाई मजाकको पात्रको रुपमा प्रस्तुत भएको क्लिप सार्वजनिक गरेपछि गायक श्रेष्ठ बन्द गर्न माग गरेका हुन् ।
‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान शिवलाई मजाकको पात्र बनाइएको कमेडीको श्रृङ्खला प्रशारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस्’ संजयले सामाजिक संजालमा अगाडि लेखेका छन् ‘अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौँ । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























