चितवन विशेष

चितवनको स्नूक्स क्याफे एण्ड पबमा युवा र्‍यापर ‘जीबब’को लाइभ प्रस्तुती हुने

Banner

चितवन, साउन १५–

चर्चित युवा र्‍यापर ‘जीबब’ले चितवनमा लाइभ प्रस्तुती दिने भएका छन् ।

भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा जीबबको लाइभ प्रस्तुती हुन लागेको हो । आउँदो शुक्रबार साउन २० गते अपरान्ह ६ बजे जीबबको प्रस्तुती रहने स्नूक्स क्याफे एण्ड पबका संचालक अच्युतराज भट्टले जानकारी दिए । जीबबसंगै अन्य गायकहरुको समेत बेजोड प्रस्तुत रहने छ । उनको शो हेर्नका लागि अग्रिम टिकट ८०० र सोही दिनको टिकट मूल्य रु.१००० रहेको छ ।

स्नूक्स क्याफे एण्ड पबमा विभिन्न समयमा राष्ट्रियस्तरका चर्चित गायक/गायिकाहरुले लाइभ प्रस्तुती दिने गरेका छन् । जीबब भने चितवनमा पहिलोपटक आफ्नो लाइभ प्रस्तुती दिन लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>