चितवन विशेष

रोटर्‍याक्ट क्लव अफ चितवनको २९औं पदस्थापन

Banner

चितवन, साउन १५–

रोटर्‍याक्ट क्लव अफ चितवनको २९औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार साँझ आयोजित पदस्थापन कार्यक्रममा सन् २०२२/२३ का अध्यक्ष अच्युत न्यौपानेले सपथ ग्रहण गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि डीआरआर लक्षमण खरेलले अध्यक्षको सपथ गराएका थिए । यस्तै नवनिर्वाचित अध्यक्ष न्यौपानेले बोर्ड मेम्बरहरुलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा उत्कृष्ट रोटर्‍याक्टरहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । वर्ष २०२१/२२ का अध्यक्ष सौगात अर्यालले विभिन्न अवार्डहरु प्रदान गरेका थिए । कार्यक्रममा रोटरी इन्टरनेशनलका पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र पिया, रोटरी क्लव अफ चितवनका अध्यक्ष दीपक प्रधान, रोटर्‍याक्टका संस्थापक निरन्जन प्रधान, रोटर्‍याक्टका जेडआरआर गोविन्द पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्लवकी उपाध्यक्ष निशा रेग्मीेले स्वागत मन्तव्य गरेकी थिइन् भने वर्ष २०२२/२३ का अध्यक्ष अच्युत न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रम सुप्रिया खड्का र विपाशा घिमिरेले संचालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>