चितवन विशेष

जलदेवी सामुदायिक वनमा नारायणगढ लायन्स र नारायणगढ नारायणीको वृक्षरोपण

Banner

चितवन, साउन १५–

चितवनको भरतपुरस्थित आँपटारीमा रहेको जलदेवी सामुदायिक वन क्षेत्रमा आज (आइतबार) विहान वृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

सामुदायिक वनको कार्यालय वरपर ७० भन्दा बढी फलफूल तथा फूलका बिरुवाहरु रोपिएको लायन्स क्लव अफ नारायणगढका कोषाध्यक्ष लायन प्रशान्त कुमार पियाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालका गर्भनर पीएमजेएफ लायन सिद्धार्थलाल चुकेले वृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । सो क्रममा बोल्दै जुलाई महिना हरियाली महिना रहेकाले वातावरणलाई स्वच्छ र हराभरा राख्न वृक्षरोपण गर्न आवश्यक रहेको बताए । अहिलेको मौसमा वृक्षरोपण गर्दा उपयुक्त हुने भएकाले बिरुवालाई हुर्काउन सबैको योगदान जरुरी रहेको बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्वगर्भनर एमजेएफ लायन राजकुमार श्रेष्ठ, डिष्ट्रिक्ट सचिव एमजेएफ लायन राजेन्द्र गौतम, डिष्ट्रिक्ट कोषाध्यक्ष एमजेएफ लायन सुरेश कुमार श्रेष्ठ, क्लस्टर ४ दुर्गा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ नारायणगढका वर्ष २०२२/२३ का अध्यक्ष शान्तकुमार पिया र नारायणगढ नारायणीकी अध्यक्ष दुर्गा निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन लायन रसु पियाले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>